logo

२०८३ साउन २७ बुधबार

गायिका एलिना चौहान अब व्यवसायमा, दुई करोड लगानीमा महिला फेसन स्टोर सञ्चालन

गायिका एलिना चौहान अब व्यवसायमा, दुई करोड लगानीमा महिला फेसन स्टोर सञ्चालन

351
SHARES
गायिका एलिना चौहान अब व्यवसायमा, दुई करोड लगानीमा महिला फेसन स्टोर सञ्चालन

चर्चित गायिका एलिना चौहानले संगीतसँगै व्यवसायिक यात्राको पनि सुरुवात गरेकी छन्। उनले काठमाडौंको नयाँ बानेश्वरमा करिब दुई करोड रुपैयाँको लगानीमा महिलाकेन्द्रित फेसन स्टोर ‘रमणी बाइ एलिना’ सञ्चालनमा ल्याएकी हुन्, जसको औपचारिक उद्घाटन साउन ४ गते हुने तयारी छ। स्टोरमा साडी, कुर्ता, लेहेँगा, गहना, चुरा, ब्याग तथा अन्य परम्परागत श्रृंगार सामग्री उपलब्ध हुनेछन्। कलाकारितासँगै भविष्य सुरक्षित बनाउने उद्देश्यले व्यवसायमा लागेको एलिनाले बताएकी छन्। उनले गीत–संगीतबाट कमाएको रकमसँगै परिवार र आफन्तको सहयोगमा लगानी जुटाएको जानकारी दिइन्। साथै, उनी यतिबेला तीज विशेष गीत ‘नौरती फुली’ को प्रचारप्रसारमा पनि व्यस्त छिन्।

शनिबार, २ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go