आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुलीको गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । गीतमा अञ्जु पन्त, प्रशान्त शिवाकोटी र रवि ओड ले स्वर दिएका छन् । गीतका शब्द तथा संगीत अर्जुन पोखरेल को रहेको छ भने संगीत संयोजन केशव बडु ले गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा कुल ब्वाय अर्थात (पारस बम ठाकुरी), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन् । भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् ।
माधव शर्माले तयार पारेको फिल्मलाई सशन कँडेलले निर्देशन गरेका हुन् । फिल्ममा पारस बम ठाकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बनियाँ, सबिन कटेल, सरिता गिरी, विशाल पहाडी लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्म द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको हो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd