logo

२०८३ साउन १० आइतबार

आ बाट आमा २’ मा सम्पदा अम्गाईंको डबिङ सम्पन्न

आ बाट आमा २’ मा सम्पदा अम्गाईंको डबिङ सम्पन्न

26
SHARES
आ बाट आमा २’ मा सम्पदा अम्गाईंको  डबिङ सम्पन्न

मोडलिङ र सौन्दर्य प्रतियोगिताबाट पहिचान बनाएकी सम्पदा अम्गाईं अब नेपाली चलचित्रमार्फत दर्शकमाझ प्रस्तुत हुने भएकी छन्। उनले निर्देशक चन्द्र पन्तको नयाँ चलचित्र **‘आ बाट आमा २’** मा सशक्त भूमिका निभाएकी छन् भने आफ्नो भागको डबिङ पनि सफलतापूर्वक सम्पन्न गरेकी छन्।



Miss \+2 Chitwan र Miss Beautiful Nepal जस्ता उपाधि जितेकी सम्पदाले म्युजिक भिडियो, सञ्चार क्षेत्र र विभिन्न मञ्चमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएकी छन्। यही अनुभवलाई अझ फराकिलो बनाउँदै उनले अब ठूलो पर्दामा अभिनयको नयाँ यात्रा थालेकी हुन्।

चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, प्रदीप रावत, गजित विष्ट, साइग्रेस पोखरेल र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ।

डबिङको काम पूरा गरेपछि सम्पदा आफ्नो पात्रप्रति दर्शकको प्रतिक्रिया कस्तो आउला भन्ने उत्सुकतामा छिन्। उनीका लागि **‘आ बाट आमा २’** अभिनय करिअरको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

चन्द्र पन्तको निर्देशनमा बनेको यो चलचित्र आगामी **असोज ३० गते**देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।


आइतबार, १० साउन २०८३
सम्बन्धित समाचार
Go