logo

२०८३ भाद्र २९ सोमबार

‘पार्वती’ को टिजर सार्वजनिक

‘पार्वती’ को टिजर सार्वजनिक

273
SHARES
‘पार्वती’ को टिजर सार्वजनिक

अभिनेत्री नीता ढुंगानाले निर्देशनमा डेब्यु गरेको चलचित्र ‘पार्वती’ को टिजर सार्वजनिक भएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार निर्माण पक्षले करिब दुई मिनेट लामो टिजर सार्वजनिक गर्दै चलचित्रको भावनात्मक पक्ष दर्शकमाझ प्रस्तुत गरेको हो।

सार्वजनिक टिजरले दिदी र भाइबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखेको छ। विशेषगरी परिवारभित्रको माया, जिम्मेवारी र भावनात्मक संघर्षलाई संवेदनशील ढंगले देखाइएको छ।

चलचित्रमा नीता ढुंगानाले अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी छन्। बोलाइ स्पष्ट नभएकी पात्रका रूपमा उनी फरक शैलीमा प्रस्तुत भएकी छन्। उनका भाइको भूमिकामा गायक तथा अभिनेता अशोक दर्जी देखिएका छन्। टिजरमा उनीहरूबीचको संवादले दर्शकलाई भावुक बनाउने संकेत दिएको छ। पृष्ठभूमिमा बज्ने अशोक दर्जीको स्वरले टिजरको भावनात्मक प्रभाव अझ गहिरो बनाएको छ। टिजरको सम्पादन तथा प्रस्तुति साहिल खान ले गरेका हुन्।

भदौ १२ गते, जनै पूर्णिमाको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेल लगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता हरिहर अधिकारी हुन् भने शंकर पाण्डे कार्यकारी निर्माताका रूपमा रहेका छन्।

नीता फिल्म्स को प्रस्तुति रहेको ‘पार्वती’ को कथा स्वयं नीता ढुंगानाले लेखेकी हुन्। पटकथा र संवाद शिवम् अधिकारी ले तयार पारेका छन्। चलचित्रमा सुदीप बराल को छायांकन, साहिल खान को सम्पादन, एलिस कार्कीशिवम् रसाइली को पार्श्वध्वनि, रामजी लामिछाने को नृत्य निर्देशन तथा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेलदीपक शर्मा को संगीत समावेश गरिएको छ।

भावनात्मक कथा, फरक चरित्र प्रस्तुति र पारिवारिक सम्बन्धको संवेदनशील चित्रणका कारण ‘पार्वती’ ले दर्शकमाझ विशेष चासो जगाउने संकेत देखाएको छ।


बिहिबार, १४ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go