नेपाली नारीहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘के भएको छ खै मलाई’ सार्वजनिक भएको छ । गायिका एलिना चौहान र गायिक इबसल सञ्ज्यालको स्वर रहेको गीत दुर्गा पौडेलको शब्द तथा राजु आर्यालको संगीतमा तयार गरिएको हो ।
बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको रेकर्डिङ मलाश्री स्टुडियोमा गरिएको हो । सागर बाजुराली रेकर्डिस्ट तथा खडक बाजुरालीले मिक्सिङ गरेका छन् । गीतको अडियो तथा भिडियो ‘गुड लक नेपाल’ले निर्माण गरेको हो ।
गीतको भिडियोमा पार्वती श्रेष्ठ र रचना न्यौपानेले अभिनय गरेका छन् । जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् भने नवीन घर्ती मगरले सम्पादन तथा कलर गरेका छन् । दुर्गा पौडेल प्रस्तुतकर्ता तथा निर्माता रहेको गीतको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेनमेन्टले गरेको हो ।
तीजको मौलिकता, महिला भावना र मनोरञ्जनलाई समेटिएको गीत ‘के भएको छ खै मलाई’ गुड लक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक तथा स्रोतामाझ सार्वजनिक गरिएको हो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd