logo

२०८३ भाद्र ७ आइतबार

‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्धित

‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्धित

156
SHARES
‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्धित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक फिल्म **‘म मदनकृष्ण’**मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन्। निर्माण पक्षले उनलाई हरिवंश आचार्यकी पत्नी रमिला पाठकको भूमिकाका लागि चयन गरेको हो।



फिल्ममा हरिवंश आचार्यको भूमिकामा यसअघि नै अभिनेता अरुण क्षेत्री अनुबन्ध भइसकेका छन्। यससँगै वर्षा र अरुण पहिलोपटक एउटै फिल्ममा जोडीका रूपमा देखिने भएका छन्।

निर्देशक मिलन चाम्सका अनुसार वर्षालाई अरुणको अपोजिटमा साइन गरिएको हो। उनले फिल्ममा हरिवंशकी जीवनसाथी रमिला पाठकको भूमिका निर्वाह गर्नेछन्।

निर्माण टिमले हरिवंश आचार्यको छुट्टै बायोपिक बनाउने तयारीसमेत गरिरहेको छ। त्यस फिल्ममा पनि अरुण क्षेत्री मुख्य भूमिकामा रहने सहमति भइसकेकाले रमिला पाठकको भूमिकामा वर्षा राउतलाई नै निरन्तरता दिने योजना रहेको बताइएको छ।

वर्षाको हालै प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’मा उनको अभिनयले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

‘म मादनकृष्ण’*ले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि कलाकारितासम्मको यात्रा प्रस्तुत गर्नेछ। फिल्ममा उनको सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह, पारिवारिक संघर्ष र कलाकारिताका उतारचढावलाई समेटिने जनाइएको छ।

मदनकृष्णको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदा श्रेष्ठको भूमिकामा केकी अधिकारी रहनेछिन्।

फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठदेशभक्त खनालको पनि अभिनय रहनेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको यस बायोपिकलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन्। निर्देशक मिलन चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ निर्माण गरेका थिए.


मंगलबार, २६ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go