गायक लालबहादुर धामी ‘अछामी बद्डो’ र गायिका देवी घर्तीको स्वरमा नयाँ देउडा गीत ‘हुम्ला राम्रो लिमि’ शुक्रबार साउन २९ गते सार्वजनिक भएको छ । गीतमा राजेन्द्र शाह बीपीको शब्द तथा संगीत रहेको छ भने बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।
गीतको रेकर्डिङ सागर बाजुरालीले गरेका हुन् । मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ खडक बाजुरालीले गरेका छन् । अछामी बद्डोको प्रस्तुति तथा अडियो–भिडियो निर्माणमा गीत तयार गरिएको हो ।
गीतको भिडियोमा टेक बिष्ट, सारिका केसी र स्वयं लालबहादुर धामी ‘अछामी बद्डो’ले अभिनय गरेका छन् । भिडियोको निर्देशन भीम थापाले गरेका छन् भने छायांकन अमृत उपाध्याय र महेश महराले गरेका हुन् । भिडियो सम्पादन तेकेन्द्र शाहले गरेका छन् । खप्तड फिल्म्सले पोस्ट प्रोडक्सनको जिम्मेवारी सम्हालेको छ । भिडियो महिला र पुरुषको माया प्रेम लाई रमाइलो रुपमा प्रस्तुत गरिएको छ । गीतले सुदूर कर्णाली प्रदेशको मौलिकता लाई झल्काएको छ । त्यस्तै भिडियोमा पुरुषले महिला लाई भेट्ने निकै आश गरेको तथा महिलाले समेत कसैलाई थाहा नदिई सुटुक्क आउनु भन्ने किसिमको भाव देखाएको शैलीमा निर्माण गरिएको छ । गीत र भिडियो निकै मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ ।
गीतबारे गायक लालबहादुर धामी ‘अछामी बद्डो’ले मौलिक नेपालीपन, स्थानीय परिवेश र सांस्कृतिक भावनालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको बताए । उनले दर्शक तथा स्रोताले गीतलाई मन पराउने विश्वास व्यक्त गर्दै नयाँ पुस्तासम्म मौलिक सिर्जना पुर्याउने उद्देश्यले गीत सार्वजनिक गरिएको बताए ।
‘हुम्ला राम्रो लिमि’ अछामी बद्डोको आधिकारिक युट्युबमार्फत सार्वजनिक गरिएको हो । सधै चर्चित र रमाइला गीत सार्वजनिक गर्ने अछामी बड्डाले यसपटक समेत निकै सुन्दर प्रस्तुति सार्वजनिक गरेका छन ।
पूरा भिडियो
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd