logo

२०८३ असोज ७ बुधबार

सुशीला गौतमको ‘मोरे सैया’ सार्वजनिक

सुशीला गौतमको ‘मोरे सैया’ सार्वजनिक

481
SHARES
सुशीला गौतमको ‘मोरे सैया’ सार्वजनिक

लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको स्वर रहेको गीतले प्रेमभावसँगै नेपाली मौलिक संस्कृतिलाई पनि प्रस्तुत गरेको छ।

नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सेन्चुरीकै संगीत र हुकलाइन छ। कुमार विश्वकर्माले रेकर्डिङ गरेको गीतमा एचबीएन किस्मतको संगीत संयोजन छ।

सुनिल बीकेको निर्देशनमा बनेको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरीलाई मुख्य भूमिकामा देख्न सकिन्छ। नेपाली मौलिक पहिरनसँगै सौराहाको प्राकृतिक सौन्दर्यलाई भिडियोमा समेटिएको छ।

अनिल के. मानन्धरको छायांकन र प्रविन भट्टको सम्पादन रहेको गीत गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको हो। ‘मोरे सैया’ सुशीला गौतमको युट्युब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको छ।


शनिबार, ६ भाद्र २०८३
सम्बन्धित समाचार
Go