logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

    ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

    • E24 Nepal
    • आइतबार, २४ असार २०८१
    559
    SHARES
    ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

    असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज गर्ने तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत र स्वर रहेको छ । गीतको भिडियोमा दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।
    अनिल बुढा मगरको निर्देशन रहेको यो फिल्मलाइ जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरले निर्माण गरेका हुन । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) को अभिनय रहेको छ ।
    फिल्ममा अनिल बुढा मगरको कथा, अनिल बुढा मगर, बिनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद,सुसन प्रजापतिको छायाकन रहेको छ ।




    आइतबार, २४ असार २०८१
    सम्बन्धित समाचार
    Go