logo

२०८३ भाद्र ३१ बुधबार

‘ज्वाइँ साब’को ‘कसम बत्तीको’ सार्वजनिक

‘ज्वाइँ साब’को ‘कसम बत्तीको’ सार्वजनिक

3.3K
SHARES
‘ज्वाइँ साब’को ‘कसम बत्तीको’ सार्वजनिक

असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको छ भने यादव लम्सालको शब्द र अर्जुन पोखरेलको संगीत छ । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् । बिहेको परिवेशलाई समावेश गर्दै यो गीतको भिडियो तयार पारिएको छ ।

दशैंको फूलपातीमा रिलिज हुन लागेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङले निर्माण गरेको यो फिल्ममा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत,संजय थापाको एक्सन, श्याम तामाङको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ ।


बिहिबार, २८ भाद्र २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go