logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • शुक्रवार रिलिज हुने नेपाली फिल्म यो साता भने विहिवार नै रिलिज

    शुक्रवार रिलिज हुने नेपाली फिल्म यो साता भने विहिवार नै रिलिज

    1.1K
    SHARES
    शुक्रवार रिलिज हुने नेपाली फिल्म यो साता भने विहिवार नै रिलिज

    सधै शुक्रवार रिलिज हुने नेपाली फिल्म यो साता भने विहिवार नै रिलिज भएको छ । संविधान दिवसको विदा पारेर सो साता खुस्मा रिलिज भएको छ । खुस्माको ट्रेलर र ‘रुकुम मैकोट’ गीत दर्शकले मन पराइरहेको वेला रिलिज भएको यो फिल्मले ‘ओपनिङ’ राम्रो गरेको थियो । विहीवारको बिहानी शोज अपेक्षित नभए पनि दिउँसोबाट फिल्मले गति समात्यो । दिउँसो काठमाडौंसहित मोफसलका केही सहरहरूमा फिल्मले करिब ५० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भउको थियोे ।
    पछिल्लो समयमा सबैभन्दा बढी रुचाइएको गीत हो, ‘रुकुम मैकोट’ । फिल्म ‘खुस्मा’मा समावेश यो गीतले रिलिजको तीन हप्तामै युट्युबमा एक करोड भ्यूज नघाएको छ । शुरुको दिन यो फिल्मले देशभर गरी करिब एक सय शोज पाएको थियो । यो शोज संख्या सुखद् हो । फिल्मले पहिलो हप्तामा शनिबारसहित तीनवटा विदाको फाइदा उठाउन सक्छ ।
    माओवादी–सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा प्रेमकथा बुनिएको ‘खुस्मा’ले प्रिमियर शो मा समेत उत्कृष्ट प्रतिक्रिया पाएको थियो । विशेषगरी अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको निकै प्रशंसा भयो । मगर युवतीको चरित्रमा उनको अभिनय प्रशंसनीय छ । त्यसो त फिल्म उनीमै केन्द्रित छ । यसमा उपासनाको जोडी अभिनेता धीरज मगरसँग बाँधिएको छ । यो उनीहरूको पहिलो सहकार्य हो । अशोक थापा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ, अरुण पुन मगरलगायतको पनि अभिनय देख्न सकिन्छ ।




    आइतबार, ६ असोज २०८१
    सम्बन्धित समाचार
    Go