logo

२०८३ भाद्र ३१ बुधबार

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

3.1K
SHARES
‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

दशैंको अवसर पारेर आगामी असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ३ मिनेट लम्बाईको ट्रेलरमा ३० वर्ष नकट्दै छोरीको विवाह गराउनुपर्ने दबाबमा रहेको एक परिवारको कथालाई देखाइएको छ । भ्रामरी दशाकालले समात्ने भएकाले ३० वर्ष नकट्दै बिहे गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ । तर, उनलाई परिवारले देखाएका कुनै केटा मन पर्दैन । उनले निश्चल बस्नेतलाई मन पराएकी हुन्छिन्, तर निश्चलले अरू नै युवतीलाई मन पराउँछन् । यो अवस्थामा स्वस्तिमाको पात्रले गर्ने संघर्षलाई ट्रेलरमा हास्य शैलीमा देखाइएको छ ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ । फिल्मलाइ स्वस्तिमा र निश्चलले वनाएका हुना ।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ ।


आइतबार, ६ असोज २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go