logo

२०८१ असोज १९ शनिबार

logo
  • शनिबार, १९ असोज २०८१
  • पलको क्रेज के भयो ?

    पलको क्रेज के भयो ?

    481
    SHARES
    पलको क्रेज के भयो ?

    फिल्म ‘रावायण’ रिलिज कुनु अगाडी अभिनेता पल शाहको क्रेज निकै माथि रहेको थियो । यस अघि रिलिज भएको फिल्म पुजार सार्कीको सफलतालाइपनि पलसंग जोडिएको थियो । व्यावसायिक रुपमा रावायण सफल भइदिए भए अभिनेता पल शाहको करिअर नै कायापलट हुन सक्थ्यो । तर, फिल्मको नतिजा निकै निराशाजनक आएको छ । फिल्ममा उनको अभिनयदेखि गेटअपसम्मको व्यापक आलोचना भयो । पल को विगतको प्रकरणको असर फिल्मलाई परेको टीका–टिप्पणी पनि भइरहेको छ ।
    ‘रावायण’को असफलतापछि उनलाई लिएर फिल्म बनाउन खोजेका मेकरहरु हच्किएका छन् । यसैक्रममा एउटा फिल्मबाट त उनलाई अलग नै गराइएको छ । निर्माणाधिन फिल्म ‘कल्ली’को दुईवटा पोस्टर सार्वजनिक गर्दै पलको प्रमुख भूमिका रहने जनाइएको थियो । तर, अब यो फिल्ममा उनी नरहने भएका छन् । उनको ठाउँमा अभिनेता सौगात मल्ललाई निश्चित गरिसकेको छ । ‘कल्ली’बाट पल हटाइनुमा तीनवटा कारण प्रमुख मानिएको छ । एउटा, ‘रावायण’को कमजोर व्यापार । दोस्रो, पलको अभिनयको आलोचना । तेस्रो, पल मुछिएको घटनालाई लिएर सामाजिक सञ्जालमा भएको टीका–टिप्पणी, जसले ‘रावायण’को व्यापारमा समेत असर ग¥यो । पलका कारण ‘कल्ली’मा केही कलाकारले काम गर्न नमानेको समेत स्रोत बताउँछ । हुन त पलले यो फिल्मको वारेमा आफु व्यस्त भएकोले काम गर्न नसकेको सामाजिक संजाल मार्फत वताएका थिए । तर पलको लागि राम्रै झटका हुन सक्छ । पल एकातिर कल्लिवाट वाहिरिएका छन भने अर्कोतिर आगामी कात्तिक १५ गते रिलिज हुन लागेको पलको फिल्म ‘मायावी’ उक्च मितिमा प्रदर्शन नहुने भएको छ । यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’को प्रदर्शन मिति सारिएको हो । अब फिल्मलाई आगामी पुष २६ गतेबाट प्रदर्शन गरिने भएको छ । ‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली फिल्म ‘एक्टरः टेक वान’ र बलिउडबाट ‘सिंघम ३’ र ‘भूल भूलैया ३’ मात्र आउने निश्चित थियो । पछि अर्को नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ र साउथको ठूलो फिल्म ‘कंगुवा’ पनि थपियो । जसले गर्दा पर्याप्त हल नपाइने भएपछि ‘मायावी’का निर्माताले सुरक्षित मिति खोजेका हुन् । अब यो फिल्म पुष २६ मा ‘कार्साङ्’सँग भिड्नेछ ।


    आइतबार, ६ असोज २०८१
    सम्बन्धित समाचार
    Go