यो बर्षको प्रतिक्षा गरिएको चलचित्र मध्य एक ‘बेहुली फ्रम मेघौली’ घटस्थापना अर्थात बिहीवारबाट प्रदर्शनमा आएको छ । फिल्ममा ‘स्टारकास्ट’ पनि बलियो भएकाले सुखद् ओपनिङको आस निर्माण पक्षको रहेको छ । फिल्मका प्रचार सामाग्रीले फिल्मको चर्चा राम्रै भयिरहेको छ । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा पर्याप्त शो पाएको छ । फिल्म रिलिजको एक दिन अघी सम्पन्न प्रिमियरमा फिल्मले राम्रो प्रतिकृया पाएको थियो । सबै फिल्मकर्मी जस्ले फिल्म हरेका थिए आफ्नो सामाजिक सन्जाल मार्फत फिल्मको तरिफ गरिरहेका छन ।
अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती ‘बेहुली फ्रम मेघौली’लाई छ । फिल्मको हाइप हेर्दा त्यो सम्भव देखिन्छ । फिल्ममा छोरीको लागि योग्य वर खोज्न एक परिवारले गरेको संघर्शलाई रमाइलो ढंग बाट प्रस्तुत गरिएको छ । ३० वर्ष पुग्न लागेकी केटीलाई सामाजिक रुपमा विवाहको लागि कस्तो दबाब हुन्छ भन्ने कुरालाई रमाइलो ढंगमा फिल्मले पेश गरेको छ । टिजर र ट्रेलरले पनि राम्रो ‘हाइप’ बनाएपछि विदेशमा फिल्मको माग चुलिएको छ । धमाधम विदेश राइट्स बिक्री भइरहेको छ । साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ । फिल्मलाइ स्वस्तिमा र निश्चलले वनाएका हुन । ‘बेहुली फ्रम मेघौली’ले मनोरञ्जन र सामाजिक सन्देश पनि दिने यस फिल्मका कलाकार निस्चल बस्नेतले जानकारी गराएका छन । परिवारसँग बसेर हेर्न मिल्ने रमाइलो फिल्म बनेको उन्को दावी छ ।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ । फिल्मको कार्यकारी निर्माताहरूमा फिरोज खड्का र शंकर पाण्डे रहेका छन् ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd