आगामी असोज २४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ज्वाँई साबको ट्रेलर सार्वजनिक भएको छ । ज्वाँई साब बन्ने अवसरको बिज्ञापनमा योग्य वरलाई छोरी र सम्पत्ति दुबै दिने कुरा फिल्ममा जानकारी दियिन्छ । तेस्पछी योग्य वरहरुले एक युवतीलाई बिहे गर्नको लागि गर्ने प्रतिस्पर्धाको कथालाई ट्रेलरले देखाएको छ । युवतिको मन जित्न योग्य वर हुन आएका युवाहरुले गर्ने संघर्शलाई कथामा रमाइलो ढंगबाट प्रस्तुत गरिएको प्रस्ट हुन्छ । अन्तिममा कोस्ले युवतिको मन जितेर बिहे गर्न सफल हुन्छ भन्ने कथामा चलचित्र बनेको अनुमान लगाउन सकिन्छ । योग्य वर हुनका लागि भिभिन्न काममा पोख्त भएको हुनु पर्ने रहेको छ र हरेक कुरामा अभिनेत्री निती शाहले योग्य वरको परिक्षा लिएर मात्र को सँग बिहे गर्ने निर्णय लिने कुरा ट्रेलरमा देखाएको छ । यो फिल्ममा बिहेपछी केटा केटीको घरमा गएर बस्ने नौलो कथालाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । यसअघी सामाजिक सन्जाल्मा बहिरिएको फिल्मको द्रिस्यलाई पनि ट्रेलरमा समावेश गरिएको छ ।
फिल्मको सार्वजनिक गीत ’कसम बत्तिको’ ले दर्शकको राम्रो साथ पहिरहेको छ । यो फिल्ममा जितु र नीतिका साथै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य, निमा पाण्डे, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्ममा अर्जुन पोखरेलसहित महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सञ्जय थापाको द्वन्द्व निर्देशन तथा सन्देश शाहको सम्पादन छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd