दशै अघी “खुस्मा” प्रदर्शन भएपछी नेपाली फिल्महरुको सुनौलो युग सुरु भएको महसुस भएको थियो । दशैदेखी त झनै नेपाली फिल्मको व्यापारले सम्पूर्ण चलचित्र क्षेत्रलाई उत्साहित बनायो । ’१२ गाउँ’ र ’छ्क्का पन्जा ५’ ले आक्रमक व्यापार ग¥यो ’ज्वाँई साब’ले पनि आफ्नो लगानी उठाउन सफल भयो । तिहारबाट त झन नेपाली फिल्मको व्यापारले इतिहास रच्यो लक्ष्मी पूजा अर्थात कात्तिक १५ बाट प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले ३१ दिनमा ४६ करोड ७९ लाखको कारोबार गरेको छ । ५० करोडको ऐतिहासिक बक्स अफिस रेकर्डको बाटोमा हिँडेको यो चलचित्र अहिले पनि हलहरुबाट हट्न मानिरहेको छैन ।
बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपालको बक्स अफिसमा समेत सुनामी ल्याएको छ । पहिलो दिन नै आक्रामक व्यापार गरेको फिल्मको शनिबार देशभर टिकटको हाहाकार देखिएको छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै हलहरुले भएभरको शो उपलब्ध गराएका छन् । जसले गर्दा प्रदर्शनरत नेपाली फिल्म न्यून शोमा खुम्चिएका छन् ।
‘ह्रस्व दीर्घ’लाई त हलहरुले बिहीबारबाटै उतारिसकेका छन् । ‘तेल भिसा’ भने दुई÷चारवटा शो लिएर टिकिरहेको छ । ‘पुष्पा २’का कारण सबैभन्दा ठूलो मार ‘पूर्णबहादुरको सारङ्गी’लाई परेको देखिन्छ । फिल्मको अकुपेन्सी राम्रो हुँदाहुँदै पनि हलहरुले ठूलो मात्रामा शो कटौती गरेका छन् । जसको विद्रोह गर्दै निर्माताले हलबाट फिल्म नै उतार्ने घोषणा गरेका छन् ।
नेपाली चलचित्रको व्यापारले नै दशै र तिहारसम्म सुखद व्यापार देखेका नेपाली हलहरुले एउटा हिन्दी चलचित्र आएपछी जुन हिसाबले नेपाली फिल्महरुलाई पाखा लगाइदियो त्यो हेर्दा प्रदर्शकले नेपाली फिल्मलाई हेर्ने नजरमा कुनै परिवर्तन नभएको देखिन्छ । कुनै पनि उपाय नहुँदा मात्र नेपाली फिल्मलाई शो दियेजस्तो गर्ने व्यवहार हलहरुको रहेको छ । अब दशै र तिहारमा सफल भएको फिल्महरुको व्यापार देखेर घोषणा भएका फिल्महरुले कस्तो सो पाउने छन त्यो भने पर्खाइको बिषय हुनेछ ।
शनिबार निर्माण कम्पनी सेभेन सीज सिनेमाले एक विज्ञप्ति जारी गर्दै आगामी सोमबार अर्थात् मंसिर २४ गतेदेखि फिल्मको प्रदर्शन स्थगन गरिने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामी कात्तिक १५, १६ र १७ गते जुन अवस्थामा थियौँ, ठीक त्यही अवस्थामा आइपुगेका छौं । ‘पूर्णबहादुरको सारङ्गी’लाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका छौं ।’
फिल्मलाई केही हलहरुले नजरअन्दाजको व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले अब अर्को फिल्ममार्फत् हलमा भेट्ने वाचा गरेको छ । आइतबारसम्म फिल्मले करिब ४८ करोड कमाउन सक्ने अनुमान छ । ‘पुष्पा २’ नआएको भए फिल्मले ५० करोडको ‘माइलस्टोन’ हासिल गर्ने निश्चित थियो । यद्यपि, ‘सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचिसकेको छ ।
भारतीय फिल्म ‘पुष्पा २’ प्रदर्शनमा आएपछि कीर्तिमानी घरेलु फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई हलहरुले न्यून शोमा खुम्चाएका छन् । जसप्रति असन्तुष्टि जनाउँदै शनिबार विज्ञप्तिमार्फत् निर्माताले सोमबार (आज)बाट फिल्मको प्रदर्शन रोक्ने घोषणा गरेका थिए । तर, निर्माताको निर्णय मान्न वितरकले तयार भएनन् । फिल्मको प्रदर्शन नरोक्न भन्दै वितरकले हलहरुलाई पत्रचार गरे ।
‘सारङ्गी’का निर्माता र वितरकबीच भएको सहमतिपत्रको दुई नम्बर बुँदाले वितरकलाई फिल्मको प्रदर्शन जारी राख्न अधिकार दिएको छ । वितरकले यही बुँदा टेकेर प्रदर्शन नरोक्ने निर्णय गरेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । फिल्मका निर्माता विनोद पौडेलले प्रदर्शन जारी राखे कानुनी उपचारमा जाने चेतावनी समेत दिएका थिए ।
तर, आइतबार भएको छलफलबाट वितरक र निर्माताबीच फिल्मको प्रदर्शनलाई जारी राख्ने सहमति भएको छ । सोमबार बिहान निर्माण कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेको विज्ञप्तिको सूचना सच्चाउँदै फिल्मलाई निरन्तर प्रदर्शन गराउने निर्णय भएको जनाएको छ । विज्ञप्तिमा फिल्मको प्रदर्शन अधिकार वितरकसँग रहेको पनि उल्लेख छ ।
सोमबारबाट ४०औं दिनमा प्रदर्शनरत ‘सारङ्गी’को ‘पुष्पा २’का कारण शो खुम्चिए पनि अकुपेन्सी राम्रो छ । अब प्रदर्शन जारी रहने भएकाले फिल्मले ५१ दिन मनाउने निश्चित छ । र, ५१ दिनसम्म फिल्मले ५० करोड कमाउने प्रक्षेपण गरिएको छ । फिल्मले अहिलेसम्म ४८ करोडको व्यापार गरिसकेको जनाइएको छ । घरेलु बजारमा यो अंक जोड्ने ‘सारङ्गी’ पहिलो नेपाली फिल्म हो ।
तर, फिल्मका निर्माताले प्रदर्शनलाई निरन्तरता दिने भन्दै विज्ञप्ति निकालेको एक घण्टा पनि पछी प्रदर्शक र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले एक विज्ञप्ति जारी गर्दै एउटा ठूलो निर्णय गरेको छ । फिल्मको निर्माता कम्पनी सेभेन सिज सिनेमाले प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराख्दासम्म यो कम्पनीका कुनै फिल्म प्रदर्शन नगरिने संघको विज्ञप्तिमा जनाइएको छ ।
‘मंसिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र संघको सदस्यहरुले प्रदर्शन नगर्ने जानकारी गराउन चाहन्छौं ।’
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd