logo

२०८२ माघ २६ आइतबार

logo
  • आइतबार, २६ माघ २०८२
  • देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र

    देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र

    1.1K
    SHARES
    देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र

    गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् । नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ मार्फत प्रेरणात्मक सन्देश प्रवाह हुने भएकाले स्कुलले आफ्ना विद्यार्थीलाई फिल्म हेराएको जनाएका छन् । सोमबार दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युएफएक्समा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका तीन सय ६० विद्यार्थीले फिल्म हेरेका थिए । यस्तै, रिलिजको दोस्रो दिनदेखि देशभरमा सहरहरूमा पनि विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई यो चलचित्र देखाइरहेको निर्देशक मिलन चाम्सले बताए ।

    ‘अञ्जिला’ हेर्न कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई विभिन्न विद्यालयहरूले पठाइरहेका छन् ।डाफोडिल स्कुलका अरविन्द कुमार मण्डलले विद्यार्थीहरूलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले चलचित्र देखाएको बताए । “यो चलचित्र हेरेर हाम्रो विद्यार्थीहरूले ‘नेभर गिभ अप’ भन्ने सिकेका छन् । मैले आफैँले हेर्दा पनि मनोरञ्जनसँगै कप्तान सुब्बाको जीवनलाई बुझ्न पाएँ,” उनले बताए ।

    यो चलचित्रले सङ्घर्ष, निरन्तरता र सफलता सिकाउने भएका कारण विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले नै ‘अञ्जिला’ देखाइरहेको विद्यालयहरूले जनाएका छन् । निर्देशक चाम्सले यस चलचित्रको सन्देश नै सङ्घर्षले दिएको सफलता दीर्घायु हुन्छ भन्ने रहेको बताउँदै विभिन्न विद्यालयहरूलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरे ।

    चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले ‘अञ्जिला’ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने बताए । उनले चलचित्रबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए ।

    ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

    ‘अञ्जिला’ले पहिलो तीन दिनमा २ करोड ७ लाख ग्रस कलेक्सन गरेको जनाइएको छ ।


    बुधबार, ५ चैत्र २०८१
    सम्बन्धित समाचार
    Go