logo

२०८२ माघ २६ आइतबार

logo
  • आइतबार, २६ माघ २०८२
  • ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार जनसागर

    ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार जनसागर

    1.3K
    SHARES
    ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार जनसागर

    नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार जनसागर उर्लिएको छ । निर्देशक मिलन चाम्सका अनुसार, पहिलो शनिवारको तुलनामा दोस्रो शनिवारको व्यापार झन्डै दोब्बर भएको छ । देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता हेर्दा यस चलचित्रको लोकप्रियता दिनानुदिन अत्यधिक बढ्दै गएको प्रस्ट भएको छ ।

    शनिवार निर्देशक चाम्स, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल र एन्जिलाको आमाको भूमिकामा अभिनय गरी व्यापक प्रशंसा पाइरहेकी सिर्जना सुब्बासहितको टोलीले काठमाडौंका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरेका छन् । काठमाडौंको अष्टनारायण हलमा एक हजार सिट क्षमताको हलमा दिनभर हाउसफुल भएको थियो भने देशभरका सबै शोहरू हाउसफुल भएका छन् । रिलिजको पहिलो दिन १०५ शो प्राप्त गरेको चलचित्रले दोस्रो हप्ताको शनिवार २०० भन्दा धेरै शो प्राप्त गरेको थियो ।

    चलचित्रको सफलताबाट पुलकित निर्देशक चाम्सले भने, “चलचित्र निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइनँ । ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया सहित उत्साहजनक व्यापार भइरहेको भए पनि दोस्रो हप्ताको शनिवारको शो सङ्ख्या र बम्पर व्यापारले उत्साहित बनाएको छ । चलचित्र हेरेर दर्शकहरू भावुक हुनुभएको छ, र यो चलचित्रले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ ।” चाम्सले दर्शकको लहर छिट्टै रोकिने सम्भावना नरहेको उनले बताए ।

    टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा पनि ‘अञ्जिला’को व्यापक प्रशंसा भइरहेको छ, जसले चलचित्रको लोकप्रियतालाई अझ बढाइरहेको छ । यस चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ कीर्तिमान स्थापित गर्ने सम्भावना देखाएको छ ।

    यो चलचित्र प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन् । यस चलचित्रमा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एञ्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।


    सोमबार, १० चैत्र २०८१
    सम्बन्धित समाचार
    Go