logo

२०८३ भाद्र २८ आइतबार

मल्टिस्टारर ‘जेरी अन टप’ रिलिज घोषणा

मल्टिस्टारर ‘जेरी अन टप’ रिलिज घोषणा

  • kollywood_khabar
  • शुक्रबार, २८ चैत्र २०८१
2.1K
SHARES
मल्टिस्टारर ‘जेरी अन टप’ रिलिज घोषणा

अनन्या फिल्मस् प्रालीले फिल्म ‘जेरी अन टप’को प्रदर्शन मिति तय गरेको छ । निर्माता सरोज न्यौपानेले मल्टिस्टारर फिल्म २०८२ को असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउने बताए । कार्तिक पहिलो साता परेको तिहार पर्वको छेकोमा यो फिल्म रिलिज हुनेछ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय वितरकहरूसँगको सहमतिमा प्रदर्शन मिति ‘लक’ गरिएको निर्माता न्यौपानेले बताए । यो फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चीत हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख अभिनयमा छन् ।

सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्मलाई छायांकन गरिएको छ । फिल्मका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।

सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्ममा अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि अभिनयमा छन् । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भुमिका निभाएका छन् ।

हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।


शुक्रबार, २८ चैत्र २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go