logo

२०८२ मंसिर २२ आइतबार

logo
  • आइतबार, २२ मंसिर २०८२
  • ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’

    ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’

    312
    SHARES
    ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’

    भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ ।

    टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको गीत दर्शक तथा श्रोताको माया र अत्यधिक मागपछि निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको हो ।

    सार्वजनिक गीतमा समीक्षा अधिकारीको स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द छ । गीतको मूल संस्करण ‘मनैमा सानुमाया’ सार्वजनिक भएपछि यसको “हासी हासी लजाउने” अंश टिकटकमा भाइरल भएको थियो । यही लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण पक्षले फिमेल भर्सन बनाउने निर्णय गरेको हो ।

    यसअघि ‘मनैमा सानुमाया’ को भिडियोमा भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको थियो ।

    फिमेल भर्सनको ‘हासी हासी लजाउने’को भिडियोमा चर्चित अभिनेत्री मिरुना मगर र दीपक रसाइलीको अभिनय देख्न सकिन्छ ।

    विवेक रसाइलीको लेखन तथा निर्देशनमा तयार भएको भिडियोमा नेपाली-भुटानी समुदायको सांस्कृतिक परिवेशमा उनीहरुको प्रेम कथालाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरिएको छ ।

    विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।

    गीतको फिमेल भर्सनले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ र युट्युबमा राम्रो भ्यूज पाइरहेको छ।


    शुक्रबार, ६ भाद्र २०८२
    सम्बन्धित समाचार
    Go