logo

२०८३ भाद्र ३१ बुधबार

सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ बनाउने

सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ बनाउने

1.5K
SHARES
सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ बनाउने

‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ बनाउने भएका छन्। सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको हो।

चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्। ‘जिरो डिग्री’को कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ। यो चलचित्र एउटा फ्रिज गाउँसम्म पुर्‍याउने प्रसङ्ग मात्र नभएर ‘लाइट कमेडी’ कथा पनि रहेको निर्देशकले बताए। यस चलचित्रमा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेका छन्। सामान्यतया चलचित्रको पोस्टरमा कलाकारको अनुहार वा ठुलो दृश्य रहने परम्परालाई तोड्दै कथाको महत्त्वपूर्ण वस्तुलाई यहाँ केन्द्रमा राखिएको छ।

चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’को छायाङ्कन तिहारपछि सुरु हुनेछ र आगामी वर्ष प्रदर्शन गर्ने योजना छ। यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। चलचित्रका गीतहरूमा अङ्कित बाबु अधिकारीले सङ्गीत दिनेछन् भने चलचित्र ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।


मंगलबार, १० भाद्र २०८२
सम्बन्धित समाचार
ताजा अपडेट
Go