logo

२०८२ फाल्गुन २६ मंगलबार

logo
  • मंगलबार, २६ फाल्गुन २०८२
  • ‘बलिदान’लाई PG प्रमाणपत्र

    ‘बलिदान’लाई PG प्रमाणपत्र

    676
    SHARES
    ‘बलिदान’लाई PG प्रमाणपत्र

    आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। शुक्रवार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले चलचित्रलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी PG श्रेणीमा पार्ने निर्णय गरेको हो।

    सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ। निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने दर्शकको चासो र हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह देखाएकाले चलचित्रप्रति उच्च अपेक्षा रहेको अनुमान गरिएको छ।

    ‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। ‘बलिदान’लाई दसैँ पर्वमा पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने आशा गरिएको छ।


    आइतबार, १२ असोज २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go