नेपालका अग्रणी उद्योगपति तथा उद्यमी चौधरी ग्रुप तथा सिजि कर्प ग्लोवलका प्रबन्ध निर्देशक Varun Chaudhary ले सामाजिक सञ्जाल Instagram मा १० लाख (1 Million) भन्दा बढी followers पुर्याउन सफल भएका छन्। यो उपलब्धि नेपालमा व्यवसाय तथा उद्यमशीलता क्षेत्रबाट हासिल भएको एक महत्वपूर्ण डिजिटल माइलस्टोन का रूपमा हेरिएको छ।
मनोरञ्जन, संगीत वा खेलकुद क्षेत्रभन्दा फरक रहेर शुद्ध व्यवसायिक नेतृत्व र सोचबाट डिजिटल प्रभाव निर्माण गर्दै आएका चौधरीले नेतृत्व, परम्परा, अनुशासन, राष्ट्रप्रतिको प्रतिबद्धता तथा उद्यमशील मूल्यहरूलाई केन्द्रमा राख्दै आफ्ना विचार र अनुभव सार्वजनिक गर्दै आएका छन्। यही निरन्तरताले उनलाई सामाजिक सञ्जालमा फरक र विशिष्ट पहिचान दिलाएको देखिन्छ।
विश्वचर्चित बागेश्वर धामसँग निकट सम्बन्ध राख्ने चौधरी अन्तर्राष्ट्रिय नेटवर्क र व्यावसायिक सम्बन्ध विस्तारका कारण पनि परिचित मानिन्छन्। उनका पोस्टहरूमा देखिने अन्तर्राष्ट्रिय भेटघाट, नेतृत्व संवाद र व्यवसायिक दृष्टिकोणले उनलाई केवल उद्योगपति मात्र नभई ग्लोबल कनेक्टिभिटी भएका व्यवसायिक व्यक्तित्व का रूपमा समेत चिनाएको छ।
यसअघि नेपालमा Instagram मा 1 Million भन्दा बढी followers पुग्ने व्यक्तिहरू प्रायः फिल्म, संगीत र खेलकुद क्षेत्रसँग सम्बन्धित थिए।
तर व्यवसायिक पृष्ठभूमिबाट व्यक्तिगत ब्रान्ड निर्माण गर्दै 1 Million followers पार गर्नु नेपालमा दुर्लभ उदाहरण मानिन्छ। यही सन्दर्भमा उद्योगपति वरुण चौधरीको यो उपलब्धिले नेपालमा व्यवसायिक नेतृत्व पनि डिजिटल प्रभावको केन्द्र बन्न सक्छ भन्ने स्पष्ट सन्देश दिएको छ।
डिजिटल माध्यममार्फत सकारात्मक सोच, उद्यमशील प्रेरणा र राष्ट्रिय अर्थतन्त्रप्रतिको जिम्मेवारीलाई प्रवर्द्धन गर्दै आएका चौधरीको यो सफलता नेपाली व्यवसायिक समुदाय तथा युवापुस्ताका लागि प्रेरणादायी उपलब्धि का रूपमा हेरिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd