logo

२०८३ साउन ११ सोमबार

राजेश हमालको चिन्ता : ‘दूरदृष्टिविना देश अघि बढ्दैन’

राजेश हमालको चिन्ता : ‘दूरदृष्टिविना देश अघि बढ्दैन’

338
SHARES
राजेश हमालको चिन्ता : ‘दूरदृष्टिविना देश अघि बढ्दैन’

अभिनेता राजेश हमालले मुलुकको शासन सञ्चालन शैलीमाथि प्रश्न उठाउँदै दीर्घकालीन सोच र स्पष्ट योजनाको अभावले देशको भविष्य जोखिममा पर्न सक्ने बताएका छन्।



सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै हमालले राष्ट्र सञ्चालन अनुमान र परीक्षणको भरमा होइन, तथ्य, दूरदृष्टि र योजनाबद्ध रणनीतिका आधारमा हुनुपर्ने बताएका हुन्।

उनका अनुसार कुनै पनि देशको विकास दैनिक समस्या समाधानमा मात्रै सीमित हुन सक्दैन। आगामी ५, १० वा २० वर्षपछि देश कहाँ पुग्ने भन्ने स्पष्ट दृष्टिकोणसहित नीति निर्माण हुनुपर्ने उनको भनाइ छ।

हमालले लेखेका छन्, “देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो? कुनै राष्ट्रको भविष्य संयोगले होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिले तय गर्छ।”

उनले भविष्यको स्पष्ट मार्गचित्रबिना तत्कालीन व्यवस्थापनमै अल्झिरहने प्रवृत्तिले तीव्र रूपमा बदलिँदै गएको विश्वमा देशलाई प्रगतिभन्दा पछाडि धकेल्ने चेतावनीसमेत दिएका छन्।

हमालको यो अभिव्यक्तिले देशको नीति निर्माण, विकासको दिशा र शासन प्रणालीबारे नयाँ बहस सुरु गराएको छ।

Screenshot


बिहिबार, ७ साउन २०८३
सम्बन्धित समाचार
Go