logo

२०८३ असोज ८ बिहिबार

‘१२ गाउँ २’ को टिजर सार्वजनिक, बिराज–समीरको दमदार एक्सन

‘१२ गाउँ २’ को टिजर सार्वजनिक, बिराज–समीरको दमदार एक्सन

  • kollywood 1
  • बिहिबार, ८ असोज २०८३
26
SHARES
‘१२ गाउँ २’ को टिजर सार्वजनिक, बिराज–समीरको दमदार एक्सन

अभिनेता बिराज भट्टको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘१२ गाउँ २’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा बिराज भट्ट र समीर भट्टलाई एक्सनप्रधान भूमिकामा प्रस्तुत गरिएको छ।

बिराज र समीरलाई केन्द्रमा राखिएको टिजरमा अभिनेता अनुपविक्रम शाहीलाई भिलेनको भूमिकामा देखाइएको छ। टिजरमा एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ भने कलाकारहरूको प्रभावशाली प्रस्तुतिले फिल्मप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ।

‘१२ गाउँ २’ बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन् भने महेश पौडेलले छायांकन गरेका छन्। सरस्वती भट्ट फिल्मकी निर्माता हुन्।

दसैँको अवसर पारेर फिल्म असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा बिराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीसँगै प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मबाट कृशु शाही अर्थात् काफिया र वर्षा इटनीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्। उनीहरूको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको निर्माण पक्षले जनाएको छ।

‘१२ गाउँ २’ मा युग भुसाल र डीपी खनालको संगीत रहेको छ। बन्दे प्रसादले फिल्मको सम्पादन गरेका छन्। रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् भने द्वन्द्व निर्देशन सिल्भा र शंकर महर्जनले गरेका हुन्।

फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्ने भएका छन्। टिजर सार्वजनिक भएसँगै फिल्मको एक्सन प्रस्तुति, कलाकारहरूको भूमिका र विशेषगरी बिराज तथा समीरको जोडीलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ।


बिहिबार, ८ असोज २०८३
सम्बन्धित समाचार
Go