गायक कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ। गीतमा शालु श्रेष्ठको शब्द रहेको छ भने संगीत कमल खत्री स्वयंले दिएका छन्।
गीतमा कमल खत्रीलाई गायिका शोभा अधिकारीले स्वरमा साथ दिएकी छन्। विजेश्वर तन्डुकारले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजेश तन्डुकारले गरेका छन्।
गीतको भिडियोमा करन सुनार र साहारा बसेललाई फिचर गरिएको छ। किरण थापाको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा करन र साहाराको नृत्य प्रस्तुत गरिएको छ।
भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङ्गले गरेका छन्। प्रवेश खत्रीले छायांकन तथा सम्पादनमा पवनलाई साथ दिएका छन्।
प्रेम र भावनात्मक पक्षलाई प्रस्तुत गर्ने गीतको भिडियोमा कलाकारहरूको नृत्य तथा प्रस्तुतिलाई विशेष रूपमा देखाइएको छ। गीत सार्वजनिक भएसँगै कमल खत्रीका श्रोता तथा दर्शकमाझ ‘यो आँखामा’ ले चर्चा पाउने अपेक्षा गरिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd