logo

२०८३ साउन २ शनिबार

वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरे

वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरे

2.3K
SHARES
वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरे

निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् ।



रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ ।

चलचित्रको लेखक दिलीप रानाभाट हुन् । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन् ।

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहेका छन् ।

निर्देशक निरौलाले चलचित्रको नाम घोषणा गरे पनि कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । उनले चलचित्र दसैँको फूलपातीका दिन रिलिज हुने बताएका छन् ।

‘दशमी’मा गएको दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’को टिम देखिएको छ । कलाकारबाहेक अधिकांश टिम ‘ज्वाइँ साब’को रहेको छ ।

निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ले राम्रो समीक्षा पाएको थियो ।


आइतबार, ३० मंसिर २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go