logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘फेरियौ मायालु’ सार्वजनिक

    ‘फेरियौ मायालु’ सार्वजनिक

    117
    SHARES
    ‘फेरियौ मायालु’ सार्वजनिक

    चर्चित गीतकार तथा भूकम्पविद् डा. शिव सुवेदीको नयाँ गीत ‘फेरियौ मायालु’ सार्वजनिक भएको छ । यस गीतमा गायिका समीक्षा अधिकारी र गायक कुशल बेलवासेको आवाज रहेको छ । सुवेदीले प्रेम र वियोगका भावनालाई मार्मिक रूपमा शब्द लेखन मार्फत मन छुने गीत रचना गरेका छन् ।



    गीतकार सुवेदी समाजमा घटिरहेका सत्य घटनालाई आफ्ना गीतमा उतार्न खप्पिस छन् र उनका गीतहरूले सधैँ श्रोताको मन जित्ने गरेका छन् । ‘फेरियौ मायालु’ पनि यस्तै एउटा प्रेम वियोगात्मक कथामा आधारित गीत हो ।

    विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् । भिडियोमा स्मारिका ढकाल अनिल पौडेल र सुरेश कोहलीले अभिनय गरेका छन् । गीत रिलिज भएको छोटो समयमा नै युट्युवमा राम्रो प्रतिक्रियासहित धेरै श्रोतादर्शकको मन जितेको छ।

    भूकम्पविद् भएर पनि गीतकारको रूपमा बेग्लै पहिचान बनाएका डा. सुवेदीका दर्जनौँ गीतहरू लोकप्रिय छन् । उनका गीतहरूमा सामाजिक सन्देशसँगै प्रेम, विरह, मायाजस्ता भावनाहरूलाई मार्मिक रूपमा उतारिएको हुन्छ ।

    गीतको म्युजिक भिडियो शिव सुवेदी च्यानलमा हेर्न पाइन्छ ।


    बिहिबार, २५ पुष २०८१
    सम्बन्धित समाचार
    Go