logo

२०८२ माघ १२ आइतबार

logo
  • आइतबार, १२ माघ २०८२
  • ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज

    ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज

    1.4K
    SHARES
    ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज

    करिब ९ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेलको रुपमा निर्माण भएको ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । रिलिज गरिएको ‘ग्रीन कार्डैमा’ वोलको गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ भने डेविट शंकरको पाश्र्व गायन छ । गीतको भिडियोमा गीतमा विनयसहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, लक्ष्मी गिरी, मेक्सम गौडेल लगायत चित्रित छन् ।फिल्मका मुख्य पात्र विनय श्रेष्ठले अमेरिकाको ग्रीन कार्ड पाएपछि उनलाई विदाई गर्न गाउँ नै ओर्लिन्छ । युवतीहरु उनका लागि हानाथाप गर्छन् । गीतमा नेपालीहरुको अमेरिकी सपनालाई दर्शाइएको छ ।
    सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मलाइ निरोज महर्जनले निर्देशन गरेका हुन् । रौनक विक्रम कँडेलले निर्माण गरेको यो फिल्ममासुसन प्रजापतीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ र निर्देशक महर्जन र आकाश बरालको पटकथा लेखन छ ।
    आगामी फागुन १४ गते प्रदर्शनमा आउने यो फिल्ममा शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, एवनराज उप्रेती लगायतको पनि अभिनय रहेको ।


    शुक्रबार, ४ माघ २०८१
    सम्बन्धित समाचार
    Go