logo

२०८२ बैशाख २९ सोमबार

logo
  • सोमबार, २९ बैशाख २०८२
  • ‘दुःखी आत्मा’को टिमले फरक प्रयोग गर्दै एक भिडियो सार्वजनिक

    ‘दुःखी आत्मा’को टिमले फरक प्रयोग गर्दै एक भिडियो सार्वजनिक

    702
    SHARES
    ‘दुःखी आत्मा’को टिमले फरक प्रयोग गर्दै एक भिडियो सार्वजनिक

    फिल्मको पव्लिसिटीमा गीत, टिजर वा ट्रेलरको प्रयोग गरिरहेको अहिलेको अवस्थामा फिल्म ‘दुःखी आत्मा’को टिमले फरक प्रयोग गर्दै ‘ब्रेकअप कविता’ नाम दिएर एक भिडियो सार्वजनिक गरेको छ । भिडियोमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्मालाई कविता पढेर सुनाइरहेका छन् । कविताले सहमतिमा प्रेम सम्बन्ध टुंग्याएका जोडीको भाव अभिव्यक्त गर्छ । यसबाट दयाहाङको पात्र फिल्ममा कवि रहेको प्रष्ट बुझिन्छ भिडियोमा दयाहाङ र आँचलबीचका प्रेमिल दृश्यहरु पनि छन् । केही दृश्यमा भने दयाहाङलाई निराश भावमा देख्न सकिन्छ ।
    आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाइ दीपेन्द्र लामाले निर्देशन गरेका हुन । हिमाल कडरियाले निर्माण गरेको यो फिल्ममा दयाहाङ र आँचलसहित अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतको अभिनय रहेको छ ।
    केही दिनअघि सार्वजनिक टिजरले दर्शकमाझ ‘दुःखी आत्मा’को राम्रो हाइप बनाएको थियो । यौन आकर्षण र दुर्बलताको कथा पेस गरिएको टिजरमा दयाहाङको पात्र इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकता (सम्भोगको क्रममा उत्तेजना नहुनु) समस्याबाट पीडित देखिन्छ ।


    शुक्रबार, ४ माघ २०८१
    सम्बन्धित समाचार
    Go