logo

२०८३ भाद्र ७ आइतबार

‘अन्त नजर नलाउ मायालु’मा सम्झना लामिछाने र प्रदीप विश्वकर्माको स्वर

‘अन्त नजर नलाउ मायालु’मा सम्झना लामिछाने र प्रदीप विश्वकर्माको स्वर

  • Pradip
  • सोमबार, २५ साउन २०८३
273
SHARES
‘अन्त नजर नलाउ मायालु’मा सम्झना लामिछाने र प्रदीप विश्वकर्माको स्वर

सम्झना लामिछाने र प्रदीप विश्वकर्माको स्वरमा नयाँ नेपाली गीत ‘अन्त नजर नलाउ मायालु’ सार्वजनिक भएको छ । उमेशचन्द ठकुरीको शब्द रहेको गीतमा शिवाजी क्षेत्रीको संगीत तथा विशाल निरौलाको संगीत संयोजन रहेको छ । रञ्जन राईले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने काठमाडौंको अनामनगरस्थित अलंकार स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।



गीतको भिडियोमा शिवाजी क्षेत्री, अनु प्रधान, रोजी लामिछाने र समीर श्रेष्ठले अभिनय गरेका छन् । सुनिल राउतले छायांकन गरेको भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतको कोरियोग्राफी तथा निर्देशन शिवाजी क्षेत्रीले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम शिवाजी डान्स सेन्टरले गरेको छ ।
प्रेमभावमा आधारित गीत ‘अन्त नजर नलाउ मायालु’मा मायालुबीचको आकर्षण, प्रेम र

भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । गीतका शब्द, संगीत र भिडियोमार्फत दर्शक तथा श्रोतामाझ मनोरञ्जनसँगै प्रेमिल भाव प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । २०२६ मा उमेशचन्द ठकुरीको प्रस्तुति तथा निर्माणमा तयार भएको गीत विभिन्न डिजिटल प्लेटफर्ममार्फत श्रोता तथा दर्शकमाझ पुगेको छ ।


सोमबार, २५ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go