दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले सिनेमा हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले रिलिजको एक सातासम्म तीव्र गतिको कमाइ गरिरहेको छ । शुरुका दिनमा प्रभासको तेलुगू फ्यान फलोइङका ‘कल्की २८९८ एडी’ ले उछाल कमाइका साथ ओपनिङ गरेको थियो, अहिले हिन्दी भर्सनको कमाइ उच्च छ । हिन्दी भर्सनमा तेलुगूको भन्दा बढी कलेक्सन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबार रिलिज भएको फिल्मले पहिलो तीन दिनमा तेलुगू भर्सनमा १२८.९ करोड भारु कमाएको थियो । जबकि तीन दिनमा हिन्दी भर्सनको नेट कलेक्सन ७१.५ करोड रह्यो । आइतबार हिन्दी भर्सनमा ४० करोड र तेलुगूमा ३८.८ करोड कमाइ ग¥यो । त्यसयता हिन्दी भर्सनको कमाइ लगातार बढिरहेको छ । सोमबार तेलुगूमा १४.५ रहँदा हिन्दीमा १६.५ रह्यो । मंगलबार फिल्मको हिन्दी भर्सनले १३.७ करोड कमाउँदा तेलुगूले १०.६ कमाइ ग¥यो ।
पछिल्ला तीन दिनमा ‘कल्की’ ले तेलुगू भर्सनमा ६३.९ करोड र हिन्दी भर्सनमा ७०.२ करोड भारु कमाइ गरेको छ । हिन्दी भर्सनमा हालसम्म १४१.७ करोड कमाउँदै ‘कल्की’ यस वर्षको दोस्रो हिट हिन्दी फिल्म बनेको छ ।
नाग अश्विन निर्देशित फिल्मले सकारात्मक समीक्षा पनि पाइरहेको छ । फिल्ममा प्रभासका साथमौ अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको पनि मुख्य अभिनय रहेको छ । ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd